नेभिगेशन

शेयर बजार १९ अङ्कले घट्याे

काठमाण्डाै – हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से १९.३४ अङ्कले घटेर २ हजार ६२२.४८ विन्दुमा झरेको छ ।

आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले ओरालो लागेको छ ।

आज २१८ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सगरमाथा जलविद्युत्को शेयर साढे १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सर्वाेत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ५ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ