नेभिगेशन

मकवानपुरमा खोलाले बगाएर बेपत्ता भएकामध्ये थप एक बालिकाको शव भेटियो

काठमाण्डौ — मकवानपुरको हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव भेटिएको छ ।

निर्मल मावि स्कुलबाट पढेर फर्किने क्रममा हिजो बेलुका चार बालिकालाई खोलाले बगाएको थियो । तीमध्ये एक जनाको सकुशल उद्धार गरेको र एक बालिका हिजो नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुई जनाको अवस्था थाहा हुन नसकेकोमा आज बिहान बिनिता भ्लोन पनि मृत भेटिएको उहाँले बताउनुभयो । कक्षा–५ मा अध्ययनरत सुमित्रा भ्लोनको खोजी भइरहेको छ ।

यसअघि कक्षा–२ मा पढ्ने राक्सिराङ–१ की रेश्मा स्याङ्तान मृत भेटिएकी थिइन् । त्यस्तै उद्धार गरिएकी कक्षा–६ मा पढ्ने सीमा भ्लोनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज