नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

सुनको भाउ आज तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो

काठमाण्डौ – अस्ति र हिजो दुई दिन लगातार बढेको सुनचाँदीको भाउ आज घटेको छ ।

सुनको भाउ आज तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो । सुनको भाउ घटेर आज तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अस्ति सोमबार सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर तोलाको ३ हजार ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा ३५ र अस्ति ४५ रुपैयाँले बढेको थियो । हिजो चाँदीको भाउ तोलाको ३ हजार १४५ रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति:
थप अर्थ