नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

सरकारले भन्याे – मोबाइलमा ‘हाई–अलर्ट’ को सूचना आउन सक्छ, नआत्तिनू

काठमाण्डाै – सरकारले आज काठमाण्डाै उपत्यकाका मोबाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण गर्दैछ । त्यस क्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपत्कालीन सतर्कता सन्देश जारी हुन्छ ।

सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना निकालेर मोबाइलमा आउने आपत्कालीन सन्देशबाट नआत्तिन आग्रह गरेका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायहरूले आपत्कालीन प्रसारण प्रणालीको प्रभावकारिता परीक्षण तथा सुरक्षा सतर्कताका लागि यस्ता सूचनाहरू मोबाइलमा पठाउने तयारी भएको हो ।

सम्भावित प्राकृतिक वा अन्य विपद्को बेला नागरिकलाई समयमै सजग गराउन यो प्रणालीको अभ्यास गर्न लागिएको हो ।

1-1795435610.jpeg

प्रकाशित मिति:
थप समाज