नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

काठमाण्डाैलाई बस्नयोग्य शहर बनाउँछाैँ : मन्त्री श्रेष्ठ

काठमाण्डाै – कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठले अनियन्त्रित शहरीकरण र नदी अतिक्रमणका कारण काठमाण्डाैले भोगिरहेको वातावरणीय सङ्कटबाट पाठ सिक्न देशभरका पालिकालाई आग्रह गर्नुभएको छ ।

काठमाण्डाै महानगरपालिकाले आज आयोजना गरेको ‘काठमाण्डाै जलवायु कार्य सप्ताह २०८३’ लाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका श्रेष्ठले समस्या विकराल हुनुअघि नै नदी, पोखरी, खुला क्षेत्र र पानीका मुहान जोगाउनुपर्ने बताउनुभयो ।

उहाँले बागमती र विष्णुमती नदी सफा बनाई काठमाण्डाैलाई सुरक्षित र बस्नयोग्य शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेको भन्दै श्रेष्ठले काठमाण्डाै महानगरपालिकाको प्रशंसा गर्नुभयो ।

आउँदो मनसुनअघि नै बाढीको पूर्वसूचना प्रणाली र जोखिमयुक्त नदी क्षेत्रमा काम शुरू गरिने उल्लेख गर्नुभयाे ।

साथै जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने र हिमाली समुदायले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले जलवायु न्यायको शुरुआत आफ्नै देशबाट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति:
थप समाज