नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

घोप्टेभीरमा दैनिक पाँच घण्टा गाडी रोकेर सडक मर्मतको काम चल्दै

काठमाण्डौ – चितवनको मुग्लिन नजिकै घोप्टेभीरमा अस्ति मंसिर ५ गतेदेखि दैनिक ५ घण्टा सडक बन्द गरेर मर्मतको काम भइरहेको छ । निरन्तर ढुङ्गा तथा माटो खसिरहेको क्षेत्रमा सम्भावित जोखिम रोक्न सडक बन्द गरेर व्यवस्थापनको काम भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

जोखिमयुक्त डाँडाको माथिल्लो भागलाई कटान गरी ढुङ्गा–माटो झार्ने काम चलिरहेको हो  । यसका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने गरिएको छ । अर्को सूचना नआएसम्म दैनिक पाँच घण्टा गाडी आवातजावत बन्द रहने प्रहरीको भनाइ छ ।

सडक बन्द हुने समयमा नारायणगढतर्फबाट चल्ने गाडीलाई जुगेडी र आँपटारी, पोखरातर्फबाट चल्ने गाडीलाई आँबुखैरेनी तथा काठमाण्डौबाट चल्ने गाडीलाई  कुरिनटार नजिकैको रमाइलो डाँडामा रोक्ने गरिएको छ ।

सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा गर्न प्रहरीको आग्रह छ ।

प्रकाशित मिति:
थप समाज