नेभिगेशन

नेप्सेसँगै काराेबार रकम घट्याे

काठमाण्डाै – शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ०.२६ अङ्कले घटेर २ हजार ६२२.२२ विन्दुमा झरेको छ ।

आज बैंक, जलविद्युत्, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य घटेको छ । आज १४९ वटा कम्पनीको शेयर घटेकोमा १११ वटाको बढेको छ । यस्तै १८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज मनकामना इनर्जी हाइड्रोपावरको शेयर झन्डै साढे ८ प्रतिशतले घटेको छ । नेप्से झिनो अङ्कले घटेको दिन माउन्ट इनर्जी पावर र सर्वाेत्तम पेन्ट्सको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीका ९५ लाख ८ हजार कित्ता शेयर ३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ