नेभिगेशन

बेलायतले युक्रेनलाई समर्थन गरिरहने

रुसमा भर्खरै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रुसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन गरिरहने जनाएको छ ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताउनुभएको कतार न्युज एजेन्सीले जनाएको छ ।

युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रुसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आउँदा दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभयो ।

यसैबीच लन्डनमा रहेको रुसी दूतावासले बेलायतले जानाजान युक्रेन युद्धलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको छ । बेलायतले द्वन्द्वमा आफ्नो सङ्लग्नता कायम राखे त्यसको उच्च मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ ।

युक्रेनले पछिल्लो समय मस्कोसहित रुसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ । युक्रेनले रुसी तेल प्रशोधन केन्द्र तथा रुसको प्रमुख अनलाइन खुद्रा बिक्रेता वाइल्डबेरीजसँग सम्बन्धित गोदामलाई समेत निशाना बनाउँदै आएको छ ।

प्रकाशित मिति:
थप विश्व