नेभिगेशन

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभाकाे आजकाे बैठकमा मुख्यमन्त्री शाहीले राख्नुभएकाे प्रस्तावकाे पक्षमा २१ र विपक्षमा १३ जनाले मतदान गरेका हुन् । यस्तै २ जना सांसद तटस्थ बसेका छन् ।

शाहीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले विश्वासको मत दिएका हुन् । यस्तै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले विपक्षमा मतदान गरे ।

४० सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित १०, नेकपा १४, कांग्रेसका १५ र राप्रपाका १ जना सांसद छन् ।

गएकाे साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले २३ दिनपछि विश्वासको मत लिनुभएकाे हाे ।

प्रकाशित मिति:
थप राजनीति