नेभिगेशन

ललितपुरको चक्रपथ खण्ड रातको बेला झिलिमिली

काठमाण्डौ — ललितपुरको चक्रपथ खण्ड रातको बेला झिलिमिली र उज्यालो हुन थालेको छ ।

ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रिट लाइट सञ्चालनमा ल्याएसँगै सडक झिलिमिली हुन थालेको हो ।

चक्रपथ अन्तर्गत बल्खुदेखि बालकुमारी पुलसम्मको खण्डमा जडान गरिएका स्मार्ट बत्तीहरु हिजोदेखि बल्न थालेका हुन् । स्मार्ट सडक बत्ती प्रणालीको शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यस्तो प्रविधि नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले भित्र्याएको दाबी गर्नुभयो ।

lalitpur-chakrapath-2-1787182655.jpg
महानगरपालिकाले यसलाई रातिको समयमा सडक सुरक्षा अभिवृद्धि गर्न र पैदलयात्री तथा गाडीको यात्रालाई सुरक्षित बनाउने महत्त्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाएको जनाएको छ ।

यो आयोजना ललितपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त सहकार्यमा सम्पन्न भएको हो । 

lalitpur-chakrapath-3-1787182694.jpg
 

प्रकाशित मिति:
थप सडक र सवारी