नेभिगेशन

एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाका उद्धव थापा कारबाहीमा

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले एमाले–नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कारबाही गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

थापा २०७९ को प्रदेशसभा चुनावमा काठमाण्डाै क्षेत्र नम्बर ८ को प्रदेशसभा (२) बाट विजयी हुनुभएको हो ।

सांसद थापाले बागमती प्रदेश सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाभित्र विवाद उत्पन्न भएको हो । उद्धव थापाले भने दलको नेताका हैसियतले आफूले एमाले–नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउँदै आउनुभएको छ ।

राप्रपाको कमल थापा समूहले भने थापालाई समर्थन गर्दै कारबाही गर्न नहुने बताएको छ ।

प्रकाशित मिति:
थप राजनीति