नेभिगेशन

बागमतीकाे मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

काठमाण्डाै – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८६ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्दै आजै शपथ ग्रहण गराउनुभयो ।

किरण थापा मगरले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यसहित ६३ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।

बागमतीमा राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत जुटेको हो ।

यसअघि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रकाशित मिति:
थप राजनीति