नेभिगेशन

बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ जना मन्त्रीले शपथ लिए

काठमाण्डाै – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । मुख्यमन्त्री थापा मगरले आज पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेसँगै ६ जना मन्त्रीलाई नियुक्त गर्नुभएकाे हाे ।

नेकपा एमालेका भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ भने ज्ञानबहादुर तामाङ विनाविभागीय मन्त्री बन्नुभएकाे छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु विष्ट खानेपानी, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बन्नुभएकाे छ ।

मुख्यमन्त्री थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शपथ लिएपछि उहाँले मन्त्रीहरूलाई शपथ गराउनुभएकाे हाे ।

प्रकाशित मिति:
थप राजनीति