नेभिगेशन

रास्वपाकाे केन्द्रीय समिति बैठक शुरू

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशअनुसार आज काठमाण्डौको वनस्थलीमा रहेको केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बैठक बसेको हो ।

केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।

यस्तै पालिकाको आउँदो चुनावका लागि उम्मेदवार छनोटको रूपरेखा, २०८३ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने कार्यसूची छ ।

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा पालिकामा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ ।

गएको असार ७ देखि १२ गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो ।

यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो । तर आजको बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएको छैन । उहाँ स्थलमार्ग हुँदै पोखरा लाग्नुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति