नेभिगेशन

प्रधानमन्त्री कार्यालयले भन्याे – ‘प्रधानमन्त्रीकाे भ्रमण निजी’

काठमाण्डाै – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भ्रमण निजी भएको जनाएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाफ दिनुभएको हो ।

प्रधानमन्त्री शाह आज काठमाण्डौबाट सडकमार्ग हुँदै पोखरा पुग्नुभएको छ । त्यहाँबाट उहाँ मुस्ताङ पनि जाने कार्यक्रम छ ।

पोखरा भ्रमणका क्रममा शाह आज माछापुच्छ्रे गाउँपालिका–६ मा रहेको एक रिसोर्टमा बस्ने तय भएको छ ।

प्रकाशित मिति:
थप राजनीति