नेभिगेशन

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न समिति गठन

काठमाण्डाै – सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन भएको जानकारी दिनुभयो ।

पछिल्लो मन्त्रिपरिषद्को बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश २०८३’ स्वीकृत गरेको थियो । समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्नका लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो ।

यो केन्द्रमा १ जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति:
थप राजनीति