नेभिगेशन

हप्ताकाे अन्तिम काराेबार दिन शेयर बजार घट्याे

काठमाण्डाै – हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शुक्रवार १०.६७ अङ्कले घटेर २ हजार ६१८.७२ विन्दुमा झरेको छ । लगातार चार कारोबार दिन घटेर हिजो बढेको नेप्से आज घटेको हो ।

आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १९८ वटा कम्पनीको शेयर घटेकोमा ७० वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज धौलागिरि लघुवित्त, लक्ष्मी भ्यालु फन्ड–२ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सर्वाेत्तम पेन्ट्सको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३४४ वटा कम्पनीका १ करोड २२ हजार कित्ता शेयर ४ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ । 

प्रकाशित मिति:
थप अर्थ