नेभिगेशन

पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो


काठमाण्डाै —   पहिरो खसेपछि अवरुद्ध म्याग्दीको बेनी–जोमसोम सडक खुलेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा बिहान पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड अवरुद्ध थियो ।

सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक साढे ९ बजेदेखि खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यस्तै मनाङको चामे–बेँसीसहर सडक पनि अवरुद्ध भएकोमा साना गाडी चल्न सक्ने गरी खुलेको छ ।

ठूला गाडी पनि चल्न सक्ने गरी पूर्णरूपमा खुलाउन काम भैरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान ३ बजेतिर पहिरो खसेको थियो ।

प्रकाशित मिति:
थप समाज