नेभिगेशन

अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई ‘शत्रु’ मान्ने इरानको चेतावनी

इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ ।

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकी आर्थिक दबाबमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनुभएको छ । इरान, अमेरिका र इजरायलबीचको तनावसँगै खाडी क्षेत्रका देशमाथि पनि कूटनीतिक र सुरक्षा दबाब बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इरान मामिलाका अनुसन्धानकर्ता हामिदरेजा अजीजीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीति अपनाउन थालेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक होर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नुभएको छ । यसअघि पनि उहाँले हर्मुजलाई ‘अमेरिकाको क्षेत्र’ भएको बताउनुभएको थियो ।

होर्मुज जलडमरू विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो परिमाणमा कच्चा तेल निर्यात हुन्छ ।

प्रकाशित मिति:
थप विश्व