नेभिगेशन

७ वर्षीय छोरालाई हिमालमा एक्लै छोडेपछि प्रहरीले बुबालाई ‘हप्कायाे’

जापानको सबैभन्दा अग्लो हिमालमा छोरालाई केवल एउटा ‘सफ्ट ड्रिङ्क’ अर्थात् हल्का पेयपदार्थ र खाजाका साथ केही घण्टासम्म एक्लै छोडेपछि बुबालाई प्रहरीले हप्काएको छ ।

ती ७ वर्षीय बालक माउन्ट फुजीमा २ हजार मिटरभन्दा धेरै उचाइमा रहेको एक ठाउँमा, कुहिरो र वर्षाको बीचमा बेन्चमा बसिरहेको अवस्थामा फेला परेका बीबीसीले जनाएको छ ।

७ वर्षीय छाेराले आफू थाकेकाे गुनासाे गरेपछि ४८ वर्षीय बुबाले उनलाई ‘त्यहीँ पर्खिन’ भनेको र जेठा छोरासँगै पदयात्रामा गएका खबरमा उल्लेख छ ।

पर्वतीय आश्रयस्थलका कर्मचारीहरूले शिखरतर्फ जाने पदमार्गको छैटौँ स्टेशन नजिकै ती बालकलाई फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

ती बालकका बुबा त्यही मार्गको सातौँ र आठौँ स्टेशनको बीचमा भेटिएका र त्यो ठाउँसम्म पुग्न झन्डै ३ तीन घण्टाको पैदलयात्रा गर्नुपर्छ ।

८ घण्टापछि माथिल्लो स्टेशनबाट फर्किएका उनका बुबालाई अधिकारीहरूले कडा रूपमा हप्कीदप्की गरेका थिए । ‘जापान टुडे’ का अनुसार ती व्यक्तिले छोरालाई एक्लै छोडेको घटनाप्रति माफी मागेका छन् ।

माउन्ट फुजीमा पछिल्ला वर्षहरूमा आरोहणसम्बन्धी धेरै दुर्घटनाहरू भएका छन् ।

हरेक वर्ष झन्डै २ लाख मानिस आराेहण गर्ने यस पदयात्रामा अत्यधिक भीडभाड हुन नदिन केही मार्गहरूमा दैनिक रूपमा सीमित सङ्ख्या तोकिएको छ ।

प्रकाशित मिति:
थप विश्व