नेभिगेशन

टाेकियाेदेखि लन्डनसम्म : पुरुषहरू छोटो पाइन्ट लगाएर काममा जान थाले

अत्यधिक गर्मीका कारण जापानको राजधानी टोकियोदेखि बेलायतको राजधानी लन्डनसम्म पुरुषहरू ‘शर्ट्स’ अर्थात् छोटो पाइन्ट लगाएर काममा जान थालेका छन् ।

प्रचण्ड गर्मीयामको तापक्रमले पुरुषहरूलाई ‘शर्ट्स’ लगाएर कार्यालय जान प्रेरित गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

दशकौँदेखि चलेको ‘ड्रेस डाउन फ्राइडे’ अर्थात् अनौपचारिक पोशाक लगाउन पाउने शुक्रवार’ दशकौँदेखि चलेको भए पनि पुरुषहरू ‘शर्ट्स’ लगाएर काममा जाने गरेका थिएनन् ।

टोकियो महानगर सरकारले लामो समयदेखि चलिरहेको ‘कुल बिज’ अर्थात् टाई र ज्याकेट नलगाउने अभियानबाट अझ एक कदम अघि बढ्दै आफ्ना कर्मचारीहरूलाई लामो पाइन्टको सट्टा ‘टी–शर्ट’ र ‘स्निकर्स’ अर्थात् खेलकुदमा प्रयोग हुने जुत्तासमेत लगाउन प्रोत्साहन गरेको छ ।

यस्तै बेलायतमा लिनेनका शर्ट र सुटहरू बिक्रीमा आउन थालेका प्रमुख खुद्रा बिक्रेताहरूले बताएका छन् । अत्यधिक गर्मीमा पुरुषहरूले सजिलै हावा ओहोरदोहोर हुने लिनेनका कपडा रोजेका छन् ।

मार्क्स एन्ड स्पेन्सरमा गएको वर्षको यही अवधिको तुलनामा जुन र जुलाई महिनामा पुरुषहरूका लिनन ट्राउजरको बिक्री १८३ प्रतिशतले बढेको छ ।

युरोपको सबैभन्दा ठूलो फेसन खुद्रा बिक्रेतामध्ये एक एच एन्ड एमले हल्का कपडाको आपूर्ति बढाउँदै छ र शरद् ऋतुको सङ्ग्रह (कलेक्शन) सार्वजनिक गर्ने कार्यलाई पछाडि धकेल्दै छ । कम्पनीले यी परिवर्तनहरूलाई जलवायु परिवर्तनको दीर्घकालीन प्रभावसँग जोडेर हेरेको छ ।

यो नयाँ प्रवृत्ति युरोपका व्यापारिक केन्द्रहरूमा देख्न सकिन्छ – लन्डनको क्यानरी वार्फदेखि फ्र्याङ्कफर्टका सडकहरूसम्म । साथै केही रोजगारदाताहरूले कार्यालयमा लगाउन मिल्ने पोशकका सम्बन्धमा अझै पनि स्पष्ट सीमाहरू तोक्ने गरेका छन् ।

बढ्दो तापक्रमले बिस्तारै उपयुक्त कार्यस्थलको पोशाकको धारणा परिवर्तन गरिरहेको छ । हलुका कपडा र शर्टहरू बिदाको रोजाइ मात्र नभई कार्यालयको रोजाइ पनि बन्दै गएका छन् ।

प्रकाशित मिति:
थप विश्व