नेभिगेशन

चीनबाट जनै आयात भएको छैन : विभाग

काठमाण्डौ – चीनबाट जनै आयात भइरहेको भन्ने समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ ।

विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यो जनै नभएको बताएको हो । आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने ‘कोड’ नाम राखिएको हुन्छ ।

जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउने र त्यसलाई जनै नै आएको हो भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरि ओम पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८२÷२०८३ मा एक लाख १८ हजार ४ सय ६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ । यसैगरी चालु आर्थिक वर्षको अहिलेसम्ममा १० हजार एक सय ८४ किलो धागो आयात भएको उहाँले बताउनुभयो ।

त्यसमध्ये भारतबाट सात हजार १४४ किलो र चीनबाट दुई हजार ९९६ किलो आयात भएको छ । जापानबाट पनि ४४ किलो धागो आयात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज