नेभिगेशन

रसुवा बाढी : अहिलेसम्म ७ जनाकाे ज्यान गयाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर अहिलेसम्म ७ जनाको ज्यान गएको छ । नुवाकोटमा ४ जना र धादिङको त्रिशूली नदी किनारमा ३ जनाको शव भेटिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार अहिलेसम्म ३० जनाको उद्धार भएको छ । तीमध्ये ३ जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयले बाढी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको जनाएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नेपालका बाढी पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज