नेभिगेशन

चीनमा क्षयरोगको अनुसन्धानकेन्द्रित नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना

चीनमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को क्षयरोग अर्थात् (टीबी) अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना गरिएको छ । यसले विश्वको सबैभन्दा सङ्क्रामक रोगमध्ये एक मानिएको क्षयरोगको नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनियाँ विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यो केन्द्र बेइजिङमा चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (चाइना सीडीसी) मा औपचारिक रूपमा उद्घाटन गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसले वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन, रोग निगरानी र रोकथाम तथा नियन्त्रणका अन्य क्षेत्रमा केन्द्रित रहनेछ ।

डब्ल्यूएचओको क्षयरोगसँग सम्बन्धित विभागका निर्देशक टेरेजा कासाएभाले चीनले क्षयरोगको भार घटाउन उल्लेखनीय प्रगति गरेको र विश्वव्यापी क्षयरोग नियन्त्रणमा बढ्दो महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।

डब्ल्यूएचओको विश्व टीबी रिपोर्ट–२०२५ अनुसार, चीनमा सन् २०२४ मा कुल क्षयरोग सङ्क्रमणदर प्रति एक लाख जनसङ्ख्यामा ४९ मा झरेको छ । यसले चीनलाई मध्यमदेखि न्यून क्षयरोग सङ्क्रमित भएको देश बनाएको छ ।

नयाँ केन्द्रको स्थापना अन्तर्राष्ट्रिय समुदायले सन् २०३० सम्म विश्वव्यापी क्षयरोग महामारी अन्त्य गर्ने लक्ष्यतर्फ काम गरिरहेका बेला गरिएको हो ।  

प्रकाशित मिति:
थप विश्व