नेभिगेशन

सरकारले बाढी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाइ

काठमाण्डौ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनुभएको छ ।

नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख दुई/तीन वटा ठाउँमा तुरुन्तै बेलिब्रिज राखिनेसमेत बताउनुभयो । छलफलमा सूचना तथा सञ्चारमन्त्री डा . विक्रम तिमिल्सिनाले भोटेकोशीमा हालै आएको बाढी कल्पनाभन्दा बढी शक्तिशाली भएकाले अहिले राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएको उल्लेख गर्नुभयो ।

उहाँले हाल सरकारसँग सात वटा बेलिब्रिज रहेकाले सम्भाव्यता हेरेर छिटोभन्दा छिटो कहाँकहाँ जोड्न सकिन्छ त्यहाँ राख्ने पहल भइरहेको बताउनुभयो ।

प्रकाशित मिति:
थप राजनीति