नेभिगेशन

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट ल्याइन्छ : मन्त्री खनाल

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनुभएको छ ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारीअनुसार केरुङमा झन्डै १ हजार जना नेपाली रहेका बताउनुभयो । उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालको भनाइ छ ।

यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री खनालले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति:
थप समाज