नेभिगेशन

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

भेटमा खोज, उद्धार, राहत वितरण, प्रभावित नागरिकको पुनर्स्थापनालगायतका विषयमा छलफल भएको थियो ।

यस्तै आजै प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग गर्नुभएको छुट्टाछुट्टै छलफलमा अहिलेसम्म भएका खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा ‘ब्रिफिङ’ लिनुभएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप राजनीति