नेभिगेशन

सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ - एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । 

आज सुनको भाउ तोलामा एक सय  रुपैयाँले बढेर तीन लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एकैदिन ३ हजार र अस्ति ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज भने एक सय रुपैया बढेको हो ।

गएको मंगलबारदेखि लगातार सुनको भाउ घट्दै आएकोमा आज बढेको हो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७८० रुपैयाँ  कायम रहेको चाँदीको भाउ आज चार हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति:
थप अर्थ