नेभिगेशन

नुवाकोटमा एउटै घरबाट २४ वटा शव निकालियो

काठमाण्डाै – नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले २४ वटा शव निकालेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट ती शव निकालेको हो ।

शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो । त्यसपछि उत्तरगया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि खोजी गर्दा अन्य २३ वटा शव भेटिएका प्रहरीले जनाएको छ ।

ती शवमध्ये १ बालिका, ११ पुरुष र १२ महिलाको रहेको छ । निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज