नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

कान्ति लोकमार्गमा दुई दिन रातिको समयमा गाडीको आवागमन बन्द

काठमाण्डौ – ‘अर्नब’ चक्रवातको प्रभावले निरन्तर वर्षा भएपछि कान्ति लोकमार्गमा दुई दिन रातिको समयमा गाडीको आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात आवागमनमा रोक लगाएको हो । हिजोदेखिको निरन्तर वर्षाले सडकमा बाढीपहिरो र दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ ।

सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न आवागमन बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रशासनले जोखिमको बेला यात्रा नगर्न र सूचनाको पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज