नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

नेपाललाई अतिकम विकसित देशबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप

काठमाण्डौ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित देश (एलडीसी)को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव पारित गरेको छ ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेको ८१ औँ महासभाको बैठकले यो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सरकारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई दृष्टिगत गर्दै सन् २०२६ नोभेम्बरमा हुने तय भएको नेपालको स्तरोन्नति तीन वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको बताउनु भयो ।

त्यसैगरी, भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन नेपालले गरेको आग्रहअनुसार हानि नोक्सानी कोषले नेपाललाई २१.६ मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय गरेको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
थप समाज