नेभिगेशन

अगस्टमा ८५ हजार ४४४ पर्यटक नेपाल आए

काठमाण्डाै – सन् २०२६ को अगस्ट महिनामा विभिन्न देशबाट ८५ हजार ४४४ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार गएकाे वर्षकाे अगस्ट महिनाकाे तुलनामा ३ हजार २३६ कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए ।

अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । याे सङ्ख्या कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४, श्रीलङ्काबाट ८ हजार ७१०, अमेरिकाबाट ६ हजार २९३, बङ्गलादेशबाट ४ हजार ४८७, बेलायतबाट ३ हजार ४७६ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा धेरै पर्यटक दक्षिण एशियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एशियाली देशबाट १८ हजार २७५ जना आएका छन् ।

यस्तै युरोपबाट १० हजार ८७५, ओसियाना क्षेत्रबाट २ हजार ५२९, अमेरिकी क्षेत्रबाट ७ हजार ४७३, मध्यपूर्वबाट १ हजार १०, अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन् ।

प्रकाशित मिति:
थप अर्थ