नेभिगेशन

चीनले नेपालसँग आपत्कालीन मौसम सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाण्डाै – चीनले नेपालसँग आपत्कालीन मौसम सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।

यसमा नदीमा बनेका अवरोध अर्थात् (ब्यारियर) अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ ।

चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ–रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो ।

विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी सहयोग सक्रियरूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ ।

प्रकाशित मिति:
थप समाज