नेभिगेशन

बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, १० जनाको ज्यान गयो

बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ । विस्फोटबाट कम्तीमा १० जनाको ज्यान गएको र ६० जना भन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रीटा नेब्रास्कालाई उद्धृत गरी अलजजीराले जनाएको छ ।

राजधानी लापाजबाट झण्डै ३० किलोमिटर टाढा रहेको वियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो । जहाँ आतिशबाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो ।

रक्षा मन्त्रालयको भण्डारमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरु भएको हुन सक्ने आशंका गरीए पनि थप अनुसन्धान भैरहेको खबरमा उल्लेख छ । सैन्य परिसर आसपासका केही घरमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति:
थप विश्व