नेभिगेशन

बाढी प्रभावितलाई प्रधानमन्त्रीको सन्देश : एक्लो हुनुहुन्न, सरकार तपाईँको साथमा छ

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले आफूलाई एक्लो नठान्न बाढी प्रभावितलाई आग्रह गर्नुभएको छ ।

गएराति सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रभावितसँगै सरकार रहेकाले आफूलाई एक्लो महसुस नगर्न अनुरोध गर्नुभएको हो । चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःखसुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।

साथै उहाँले प्रभावित आमाबुबालाई एक्लो महसुस नगर्न र राज्य र सरकार साथमै रहेको उल्लेख गर्नुभएको छ । बाढी प्रभावित क्षेत्रमा पीडित र विस्थापितलाई सरकारले अस्थायी शिविरमा राखेको र त्यहाँ राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्‍याउन निरन्तर काम भैरहेको प्रधानमन्त्रीको भनाइ छ ।

अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री शाहले प्रतिवद्धता जनाउनुभएको छ । 

प्रकाशित मिति:
थप राजनीति