नेभिगेशन

गोरखाको चुमनुब्री–४ मा बाढीले ४ घर बगायो

काठमाण्डौ – गोरखाको चुमनुब्री गाउँपालिका–४ मा बाढीले ४ वटा घर बगाएको छ ।

नाम्रुङ खोलामा गएराति आएको बाढीले स्थानीय नुर्वु छिरिङ, उर्गेन लामा, लाक्पाभुटी लामा र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बाढीले फलामे पुलमा समेत सामान्य क्षति गरेको छ । नाम्रुङ खोलाको बाढीबाट मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाढी आएको खोला चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने गर्छ ।

प्रकाशित मिति:
थप समाज