नेभिगेशन

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित

इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ ।

इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढेको अनाक क्राकाटाउ आज बिहान ३ बजेर ५३ मिनेटमा झण्डै ३० सेकेन्डसम्म विस्फोट भएको थियो । विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिमी इन्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको छ ।

विमानस्थल प्रशासनले स्थानीय समयअनुसार विहान साढे ५ बजेदेखि साढे ९ बजेसम्म उडान सञ्चालन अस्थायी रूपमा रोकिएको जनाएको छ । जकार्ता, बान्तेन, पश्चिम जाभा, लाम्पुङ र बेङ्कुलु प्रान्तका केही क्षेत्र तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ ।

तर मानवीय क्षतिबारेको विवरण आएको छैन । स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय मुख क्षेत्रबाट कम्तीमा ३ किलोमिटर टाढा रहन त्यहाँका अधिकारीले आग्रह गरेका छन् । 

प्रकाशित मिति:
थप विश्व