नेभिगेशन

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत नौबीसे–मुग्लिन सडक खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ ।

नौबीसे–मुग्लिन सडक आयोजनाका अनुसार डाँडामाथिबाट झन्डै ४ मिटर चौडाइको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ । अहिले सडकको भित्ता काट्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेकाे छ ।

निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाडी सञ्चालनमा ल्याउने लक्ष्यका साथ ७ वटा एक्स्काभेटर, बुल्डोजर र लोडरसहितका भारी उपकरण परिचालन गरिएको छ ।

अहिले खोलिएको नयाँ ट्र्याकबाट आपत्कालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाडी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन् ।

प्रकाशित मिति:
थप समाज