नेभिगेशन

कर्णाली राजमार्ग अवरुद्ध हुँदा साढे दुई करोडको स्याउ बाटोमै रोकियो

काठमाण्डौ – पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ ।

जुम्लाको स्याउ बोकेका गाडी बाटोमै अलपत्र परेका हुन् । झण्डै साढे दुई करोड रुपैयाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान छ । जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका ४०/४२ वटा गाडी छन् ।

स्याउ लामो समयसम्म बाटोमै रोकिए कुहिने जोखिम रहेको किसान दिपकनाथ योगी बताउनुहुन्छ । पहिरोले कर्णाली राजमार्गको जुम्ला–कालीकोट–दैलेख सडक खण्ड हिजोदेखि अवरुद्ध छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार कालीकोटको पिलीमा भत्किएको सडकलाई अस्थायी रूपमा खोलिएको छ ।

तर कालिकोटको गगने खोला, एस मोडमा पहिरोको सडक अवरुद्ध छ । एस मोडमा  पहिरो तथा ढुंगा अनि गगने खोलामा लेदोसहितको पहिरो झर्नेक्रम रोकिएको छैन ।

सडक अवरुद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले सडक खुलाउन पहल भैरहेको तर तत्काल खुलाउन नसकिने बताउनुभएको छ ।

प्रकाशित मिति:
थप अर्थ