नेभिगेशन

‘जेन–जी’ स्मृति दिवस (तस्वीरहरू)

काठमाण्डाै – नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रम आयोजना गरी ‘जेनजी शहीद दिवस’ मनाइँदै छ ।

यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद् भवनको प्राङ्गणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मन्त्री, सांसद तथा जेनजी आन्दोलनमा सहभागी युवाहरूको उपस्थिति छ ।

3-1788861200.jpg

कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ; कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता; विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, कृषिमन्त्री गीता चौधरीलगायत सहभागी छन् ।

सरकारले नवयुवा आन्दोलन भएको दिन भदाै २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न ठाउँमा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना भइरहेका छन् ।

गएको वर्ष भदौ २३ गते काठमाण्डाैमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएकोे थियो । घटनाको विरोधमा भाेलिपल्ट २४ गते देशभर प्रदर्शन भएको थियो । आन्दोलनका क्रममा २ दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको ज्यान गएको थियो । प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी र तोडफोडसमेत भएको थियो । 

2-1788861200.jpg

1-1788861200.jpeg

7-1788861201.jpg

6-1788861201.jpg

तस्वीर साैजन्य : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति