नेभिगेशन

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन सरोकारवालालाई  निर्देशन दिनुभएको हो ।

बाढी र सडक अबरुद्धलगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाण्डौ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँको सचिवालयले जनाएको छ ।

यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्डको सिलिन्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिन्डरमार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने उहाँको विश्वास छ । 

प्रकाशित मिति:
थप राजनीति