नेभिगेशन

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज

काठमाण्डाै – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर भएकाे रिट निवेदन खारेज गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ । महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सनपट्टालगायतका कुनै सुविधा पाउनुभएको थिएन ।

अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्याे । यससँगै जबराले पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने पेन्सनपट्टालगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति:
थप राजनीति