नेभिगेशन

बाढी प्रभावितको राहत सामग्री ढुवानीमा निगमको छुट

काठमाण्डौ– नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ ।

निगमले विज्ञप्ति निकालेर विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको स्पष्ट पारेको छ ।

निगमका अनुसार अन्तरराष्ट्रिय स्टेसनबाट नेपालमा बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क एक महिनासम्म छुट हुनेछ । यसबाट विदेशमा रहेका नेपाली, विभिन्न सङ्घसंस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीमा यो शुल्क छुट लागू हुने निगमले जनाएको छ ।

विपद्को समयमा मानवीय सहयोगलाई सहज, प्रभावकारी र शीघ्र बनाउन निगमको निर्णयले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । विभिन्न देश तथा सङ्घसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्‍याउन यो सहुलियतले सहयोग पुग्ने निगमले जनाएको छ ।

 nigam-1789011456.PNG
 

प्रकाशित मिति:
थप समाज