नेभिगेशन

सरकारको केन्द्र सिंहदरबारबाट व्यक्तिकाे घरमा सर्‍याे : अमरेशकुमार सिंह

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाकारले चालएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा सांसद सिंहले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको आरोप लगाउनुभएको हो । उहाँले सरकार संविधानको मर्म विपरीत सञ्चालन भइरहेकाे बताउनुभयाे ।

सांसद सिंहले नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन प्रणाली भए पनि व्यवहारमा ‘सल्लाहकारको शासन’ जस्तो अवस्था देखिएको बताउनुभयो । यस्तो व्यवस्था संविधानको कुन प्रावधानमा आधारित छ ? भन्दै उहाँले प्रश्न उठाउनुभयो ।

सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि पटक–पटक दबाव  दिने गरेको आरोप पनि लगाउनुभयो । गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षता संविधानका प्रमुख आधार भए पनि सरकारले त्यसमाथि निरन्तर प्रहार गरिरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा फेरिएको छ । सरकारकाे केन्द्र मैले सिंहदरबार बुझ्या थिएँ, तर सरकारकाे केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ ।’

सांसद सिंहले प्रधानमन्त्रीका सल्लाकारले भारतीय रअ प्रमुखलाई भेटेको पनि दाबी गर्नुभयो । तर त्याे भेटलाई सार्वजनिक नगरेको उहाँकाे दाबी छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति