नेभिगेशन
शुक्रबार, भदौ २६, २०८३

सुनको भाउ आज एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ ४ हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो ।

अस्ति बुधवार सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले बढेर ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको थियो ।

सोमबार सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, पहिलो दिन आइतबार सुन तोलामा ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८५५ रुपैयाँ थियो ।
 

प्रकाशित मिति:
थप अर्थ