नेभिगेशन
शुक्रबार, भदौ २६, २०८३

शेयर बजार २७.९४ अङ्कले बढ्याे

काठमाण्डाै – लगातार २ दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७.९४ अङ्कले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको छ ।

आज सबै समूहको उपसूचक बढेकोमा जलविद्युत्, लगानी र निर्जीवन बीमा समूह डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज २३८ वटा कम्पनीको शेयर बढेकोमा ३० वटाको घटेको छ । यस्तै ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज उपकार लघुवित्तको शेयर साढे १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मल्टीपर्पाेज फाइनान्सको शेयर ५.७१ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ९ लाखको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीको १ करोड २० लाख कित्ता शेयर ४ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ