नेभिगेशन
शनिबार, भदौ २७, २०८३

सिरियामा झण्डै चार हजार पाँच सय वर्षअघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष

सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै चार हजार पाँच सय वर्षअघि नै परिस्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ ।

डेनमार्कका विशेषज्ञहरुले गरेको अध्ययन अनुसार त्यसबेला नै सिरियाका मानिसहरु फरक तापक्रमका भाँडा प्रयोग गरेर ‘परिष्कृत’ खाना पकाउने गरेका थिए । हिजो सार्वजनिक भएको अध्ययन प्रतिबेदन अनुसार त्यसबेला युरोपका मानिसहरु  साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे ।

सिरियाली भान्सेहरूले खानाको प्रकारअनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ । पूराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भने केही भाँडा चीनबाट आयात हुन्थे । 
 

प्रकाशित मिति:
थप विश्व