नेभिगेशन
शनिबार, भदौ २७, २०८३

प्रधानमन्त्री राहत कोषमा आज बिहानसम्म साढे १३ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डौ – भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै १३ अर्ब ५४ करोड नौ लाख रुपैयाँ मौज्दात छ । कार्यालयका अनुसार हिजो बेलुका ५ बजेपछि आज बिहानसम्म २८ करोड २० लाख १४ हजार ३६६ रुपैयाँ थपिएको छ ।

राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि यो कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम जम्मा भैरहेको छ । आज बिहानसम्म कूल दुई करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति:
थप राजनीति