नेभिगेशन
शनिबार, भदौ २७, २०८३

विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरु भएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोवल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले ग्लोवल साउथका देशहरु विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो ।

मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले १० वटा प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ‘ब्रिक्स रिफर्म रोडम्याप’ बनाउने प्रस्ताव  अघि सार्नुभयो । साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सुधार अब थप ढिला गर्न नहुने पनि बताउनुभएको छ ।

यो सम्मेलनमा १० वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ ।

सन् २०२० को गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ । नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति:
थप विश्व