नेभिगेशन
शनिबार, भदौ २७, २०८३

अभिभावक गुमाएका २५ जना बालबालिकालाई चेतना सन्देश नेपालले संरक्षण गर्ने

काठमाण्डौ – भोटेकोशी बाढीमा अभिभावक गुमाएका २५ जना बालबालिकालाई चेतना सन्देश नेपाल, बालगृहले संरक्षण गर्ने भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–५ मा रहेको बालगृहले बाढीबाट अभिभावकविहीन भएका २५ जना बालबालिकाको पठनपाठनसहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बालबालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालयमार्फत छलफल भइरहेको उहाँ जानकारी दिनुभयो ।

बालगृहमा अहिले पनि विभिन्न कारणले अभिभावकविहीन भएका २८ जना बालबालिकालाई पठनपाठनसहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज